Kathmandu Press

छायानाथका प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, वैशाख २१ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायानाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारुसहित पाँचजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।छायानाथ रारा...
छायानाथका प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, वैशाख २१ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायानाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारुसहित पाँचजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

छायानाथ रारा नगरपालिका–२ स्थित अदालत चोकदेखि प्रशासनसम्मको सडक निर्माण कार्यमा सबइन्जिनियर तथा इन्जिनियरले वास्तविक कार्यभन्दा बढी कार्य भएको देखाई तयार पारेको नापी किताबमा सही गरी सरकारी रकम हिनामिना गरेको आरेपमा प्रमुख प्रशासकीय अधिकृत सारुसहित सहायक इन्जिनियर हस्तबहादुर मल्ल, इन्जिनियर महेश सिंह कठायत, उपभोक्ता समितिका अध्यक्ष राममाया मल्ल, कोषाध्यक्ष रत्नादेवी हमालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए।

अख्तियारले आर्थिक वर्ष २०७४÷७५ को विनियोजित बजेटबाट २९ लाख ७७ हजार रुपैयाँ हानिनोक्सानी पुर्‍याएको आरोप उनीहरुमाथि लगाइएको छ।

प्रकाशित मिति: १६:१३ बजे, बुधबार, वैशाख २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्