Kathmandu Press

बजार अनुशासित बनाउन व्यवसायी गम्भीर हुनुपर्छ : प्रजिअ रिजाल

काठमाडौं, वैशाख २१ : काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बजार अनुशासित बनाउन व्यवसायीहरु नै गम्भीर हुनुपर्ने बताएका छन्।बुधबार काठमाडौंमा सञ्चार केन्द्र नेपालले आयोजना...
बजार अनुशासित बनाउन व्यवसायी गम्भीर हुनुपर्छ : प्रजिअ रिजाल

काठमाडौं, वैशाख २१ : काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बजार अनुशासित बनाउन व्यवसायीहरु नै गम्भीर हुनुपर्ने बताएका छन्।

बुधबार काठमाडौंमा सञ्चार केन्द्र नेपालले आयोजना गरको निर्वाचनको समयमा बढ्दो मूल्यवृद्धि तथा बजार अनुगमन विषयक कार्यक्रममा रिजालले प्रशासनले जतिसुकै अनुगमन गरेपनि व्यवसायीहरु गम्भीर र सचेत नभई बजार अनुशासन कायम हुन नसक्ने बताएका हुन्।

उनले उपभोक्ताहरुले मूल्य, वस्तुको मिसावट लगायतमा चासो राख्नुपर्ने र व्यवसायीहरु पनि इमानदार भए उपभोक्ताको अधिकार स्थापीत हुने धारणा राखे।

रिजालले नियमन निकायहरुको सक्रियता बढाए उपभोेक्ता हकहितलाई संरक्षण गर्न सकिने उल्लेख गरे। उनले आगामी दिनमा प्रशासनले निरन्तर अनुगमन गर्ने र उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्नेलाई कारबाही गर्ने स्पष्ट पारे। 

प्रकाशित मिति: १५:४० बजे, बुधबार, वैशाख २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्