नेपालको आर्थिक वृद्धि सन्तोषजनक : गभर्नर अधिकारी
काठमाडाैं, वैशाख २१ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको आर्थिक वृद्धि सन्तोषजनक नै रहेको बताएका छन्।बुधबार नेपाल चार्टड् एकाउन्टेन्ट्स संस्था (आइक्यान)...
काठमाडाैं, वैशाख २१ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको आर्थिक वृद्धि सन्तोषजनक नै रहेको बताएका छन्।
बुधबार नेपाल चार्टड् एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले गत वर्षको ५ दशमलव ८ रहदा यस बर्षको ५ दशमलव ५ प्रतिशतको आर्थिक बृद्धिलाई सन्तोषजनक नै मान्नुपर्ने बताएका हुन्।
उनले विश्वबजारमा देखिएको इन्धनको मूल्यवृद्धिको असर नेपालको अर्थतन्त्रमा देखिएको धारणा राखे। अहिलेको अवस्थामा बाह्य क्षेत्र नै चुनौतीपूर्ण कुरा भएको उनले बताए।
उनले करिब दुई अर्वको निर्यातले २१ अर्वको आयातलाई धान्न नसक्ने भन्दै इम्पोर्ट धान्ने रेमिट्यान्सबाट भएको तर अहिले रेमिट्यान्स सस्टेनेबल नरहेको तर्क गर्नुभयो ।
गभर्नर अधिकारीले रेमिट्यान्सलाई औपचारिक बनाउन खोज्दा पनि सम्भव नहुने देखिएको बताए।
उहाले केहि आयात गरेका सामाग्रीहरु नेपालमा नै प्रयोग नहुने अवस्था अहिलेपनि देखिएको भन्दै त्यसका बिषयमा अनुसन्धानको आवश्यकता रहेको धारणा राखे।
त्यस्तै उनले सामान नै नआइकन पनि भुक्तानी गरिएको होकी भन्ने आशंका पनि देखिएको उल्लेख गरे।










-1739010447.jpg)
