Kathmandu Press

यस्ता छन् पुतलीबजार उपमेयर उम्मेदवार आस्थाका प्रतिबद्धता

यस्ता छन् पुतलीबजार उपमेयर उम्मेदवार आस्थाका प्रतिबद्धता

काठमाडौं, वैशाख २१ : स्याङ्जाको पुतलीबजार नगरपालिका उपमेयरका लागि जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट उम्मेदवार रहेकी आस्था नेपालीले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेकी छन्।

आफ्नो उम्मेदवारी किन भन्नेबारे मतदातालाई स्पष्ट रूपमा जानकारी गराउन उनले प्रतिबद्धता सार्वजनिक गरेकी हुन्। घरघरमा आएको सिंहदरबारसम्म स्थानीयको पहुँच पुर्‍याउन आफूले उम्मेदवारी दिएको उनले स्पष्ट पारेकी छन्।

‘संविधानमा भनिएको समानुपातिक, समावेशी सहभागितालाई कार्यान्वयन गर्नेगराउने, आम नागरिकको पहुँचमा शिक्षालाई पु¥याउने प्रतिबद्धता व्यक्त गर्दछु,’ आस्थाले भनिन्, ‘शिक्षालाई गुणस्तर, निःशुल्क र वैज्ञानिक बनाउनुका साथै सरकारी विद्यालयलाई व्यवस्थित बनाउने मेरो योजना छ।’

उनले प्रतिबद्धतापत्रमा यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा युवालाई अवसर दिइ सहयोग गरिदिन अपिलसमेत गरेकी छन्। 

यस्ता छन् उनका अन्य प्रतिबद्धता  

–स्वास्थ्य क्षेत्रलाई सुधार गर्न, नगरपालिकामा भएको जिल्ला अस्पताललाई व्यवस्थापन गरी सञ्चालन गर्न, अस्पतालमा हुनुपर्ने सेवा सुविधालाई थप विकसित गरी पाँच वर्षमा प्रादेशिक अस्पताल बनाउने गरी कामकारवाही गर्ने,

–कृषिलाई व्यवस्थित गरि सञ्चालन गर्न, आधुनिक कृषि औजार प्रयोग गरी उत्पादन बढाउने सुन्तला र कफी खेतीलाई प्राथमिकतामा राखेर आम नागरिकलाई सहज हुने गरि योजना बनाउने, 

–नगरपालिकामा भएको पर्यटकिय स्थललाइ विज्ञान र प्रविधिसँग जोडेर थप व्यवस्थित गर्ने र स्मारक पार्क निर्माण गर्ने,

–दलित समुदाय, सिमान्तकृत समुदाय, लैंगिक अल्पसंख्यक, उप्पीडित वर्ग, महिलाहरूलाई स्वरोजगारको, शशक्तिकरण र आत्म निर्भर भएर स्वदेशमै काम गर्नका लागि कार्यक्रम मार्फत योजना तयार गर्ने, 

–घरेलु हिंसा, महिला हिंसामा परेका हरेक नागरिकलाई छिटो छरितो सटिक रूपमा न्याय सम्पादन गर्न र हिंसात्मक गतिविधि रोक्नलाई बस्ती र ठाउँको आवश्यकता हेरेर कार्यक्रम योजना बनाइ हिंसात्मक गतिविधिलाई पूर्ण रूपले हटाउने पहलकदमी लिने, 

–नगरपालिकामा अपागमैत्री सार्वजनिक शौचालय र स्नान गृह बनाउने, 

–नगरपालिकामा व्यवस्थित बस पार्क बनाउन र व्यवस्थित पार्किङ स्थल बनाउने।
 

प्रकाशित मिति: १५:२० बजे, बुधबार, वैशाख २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्