जिम्बाबेले दियो नेपाललाई १३७ रनको सामान्य लक्ष्य

काठमाडाैं, वैशाख २१ : कीर्तिपुरस्थित टियु मैदानमा जारी टी-२० सिरिजको अन्तिम नेपालले उत्कृष्ट बलिङ गरेको छ।
टस जितेर पहिला फिलिङ रोजेको नेपाल उत्कृष्ट बलिङ गर्दै जिम्बाबे एलाई १३६ रनमै रोकेको छ। पहिला ब्याटिङ गरेको जिम्बाबे एले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १३६ रन मात्र बनाउन सक्यो उसका लागि रोए काइले सर्वाधिक ४९ रन बनाउँदा टाडिवान्स मारुमानीले २७ र लुक जोङ्वेले २३ रन बनाए।
नेपालका सन्दीप लामिछानेले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए भने वासिर अहमद र सोमपाल कामीले समान १ विकेट लिए। पहिलो खेलमा जिम्बाबे ए ६ विकेटले विजयी भएको थियो भने दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो।
प्रकाशित मिति: १४:५४ बजे, बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











