नेविसंघद्वारा निर्वाचन परिचालन समिति गठन

काठमाडौं, वैशाख २१ : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी केन्द्रीय परिचालन समिति गठन गरेको छ।
नेविसंघले यही वैशाख ३० गते देशभर हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी ७५३ सदस्यीय केन्द्रीय परिचालन समिति गठन गरेको हो।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले स्थानीय तह निर्वाचनलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउँदै काँग्रेसका उम्मेदवारलाई विजयी गराउनका लागि केन्द्रीय परिचालन समिति गठन गरिएको जानकारी दिए।
नेविसङ्घले प्रत्येक स्थानीय तहमा एकएक प्रतिनिधि परिचालन गरेको छ। परिचालन समितिले पार्टीको चुनावी अभियान सफल पार्न र कांग्रेसका उम्मेदवारलाई विजय गराउन महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष शेर्पाको भनाइ छ।
नेविसंघले खटाएका प्रतिनिधिले पार्टीले खटाएका प्रतिनिधिसँग सहकार्य गरेर प्रत्येक मतदान केन्द्रमा स्वयम्सेवकको रुपमा युवा विद्यार्थीलाई परिचालन गर्ने उनले बताए।
यसैबीच नेविसंघले कांग्रेसका उम्मेदवारलाई वडा तहमा विजय गराउनका लागि एक हजार ५९१ सदस्यीय प्रचारप्रसार समितिसमेत गठन गरेको छ।










-1739010447.jpg)
