नेकपा असन्तुष्टको भेलाले विप्लवलाई महासचिव र प्रकाण्डलाई प्रवक्ताबाट हटायो
भेलाले विप्लवलाई महासचिव र प्रकाण्डलाई प्रवक्ताबाट हटाएसँगै धर्मेन्द्र बास्तोलालाई पार्टीको संयोजक तोकेको छ।
काठमाडौं, वैशाख २१ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट निष्कासित नेताहरुको भेलाले विप्लवलाई महासचिवबाट हटाएको छ। चितवनको पर्सामा आज (बुधबार) सुरु भएको भेलाले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई पनि प्रवक्ताको जिम्मेवारीबाट हटाएको छ।
भेलाले विप्लवलाई महासचिव र प्रकाण्डलाई प्रवक्ताबाट हटाएसँगै धर्मेन्द्र बास्तोलालाई पार्टीको संयोजक तोकेको छ। भेलाले बास्तोलाकै संयोजकत्वमा नयाँ पार्टी गठन गर्ने तयारी गरिरहेको जनाइएको छ। अहिले विभिन्न दस्तावेजमाथि छलफल भइरहेको जनाइएको छ।
भोलाले स्थानीय तहको निर्वाचनमा सहभागी बन्ने कि नबन्ने विषयमा नेकपामा चर्को विवाद भएको थियो। पार्टी नीतिविपरीत उभिएको भन्दै विप्लवले नेताहरु धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश वलीलाई पार्टीबाट निष्कासन गरेका थिए।
प्रकाशित मिति: १४:०० बजे, बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1739010447.jpg)
