आइजिपी बढुवाविरुद्धको रिटमाथि सुनुवाइ प्रारम्भ
काठमाडाैं, वैशाख २० : नेपाल प्रहरीको २९औं महानिरीक्षक (आइजिपी) बढुवाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि पहिलो सुनुवाइ प्रारम्भ भएको छ।न्यायाधीश सुष्मालता माथेमाको...
काठमाडाैं, वैशाख २० : नेपाल प्रहरीको २९औं महानिरीक्षक (आइजिपी) बढुवाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि पहिलो सुनुवाइ प्रारम्भ भएको छ।
न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा आज मुद्दाको सुनुवाइ प्रारम्भ भएको अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले यही वैशाख १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो।
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक पोखरेलले दायर गरेको रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ।
वैशाख १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो।
प्रकाशित मिति: १३:४१ बजे, बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1739010447.jpg)
