त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान-अवतरण सुरु
काठमाडौं, वैशाख २१ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान-अवतरण सुरु भएको छ।विमानस्थलमा बिहान अपरिचित व्यक्तिले टेलिफोन गरेर विमानस्थलको आन्तरिक टर्मिनल भवनमा शंकास्पद वस्तु...
काठमाडौं, वैशाख २१ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान-अवतरण सुरु भएको छ।
विमानस्थलमा बिहान अपरिचित व्यक्तिले टेलिफोन गरेर विमानस्थलको आन्तरिक टर्मिनल भवनमा शंकास्पद वस्तु राखेको बताएपछि झन्डै एक घन्टा विमानस्थलको आन्तरिक उडान–अवतरण बन्द गरिएको थियो।
बम राखेको अपुष्ट खबर आएपछि विमानस्थलको आन्तरिक टर्मिनलमा जम्मा भएका यात्रुलाई बाहिर निकालिएको थियो।
त्यसपछि बम निष्किय गर्ने टोलीले सर्च अपरेसन गर्दा कुनै पनि वस्तु नभेटिएकाले आन्तरिक उडान पुनः सुरु गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।
उनले बिहान ९ बजेर ४० मिनेट र ९ बजेर ५० मिनेटमा एक पुरुषले आन्तरिक टर्मिनल भवनमा सात स्थानमा बम राखेको भन्दै फोन गरेको जानकारी दिए।
त्यसलगतै टर्मिनल खाली गरेर सर्च गर्दा केही नभेटिएको उनले बताए। विमानस्थलमा आएको उक्त फोनबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।










-1739010447.jpg)
