गृहमन्त्री खाणले गरे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण
काठमाडौं, वैशाख २१ : गृहमन्त्री बालकृष्ण खाणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको तयारीबारे जानकारी लिएका छन्।गृहमन्त्री खाणले आज (बुधबार) बिहान विमानस्थलको निरीक्षण गर्दै अन्तर्राष्ट्रिय उडानबारे जानकारी...
काठमाडौं, वैशाख २१ : गृहमन्त्री बालकृष्ण खाणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको तयारीबारे जानकारी लिएका छन्।
गृहमन्त्री खाणले आज (बुधबार) बिहान विमानस्थलको निरीक्षण गर्दै अन्तर्राष्ट्रिय उडानबारे जानकारी लिएको विमानस्थल अध्यागमन कार्यालयका निमित्त प्रमुख अनुप केसीले जानकारी दिए।
आगामी जेठ २ गते बुद्ध जन्मजयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयार िभइरहेको जानकारी गृहमन्त्री खाणलाई दिइएको उनले बताए। सो दिन जजिरा एयरलाइन्सले पहिलो उडान भर्ने विषयमा विमानस्थल अध्यागमन कार्यालयले सहमति गरिसकेको उनको भनाइ छ।
निरीक्षणका क्रममा मन्त्री खाणले विमानस्थलमा अध्यागमनको तयारी, आगमन र प्रस्थान तयारीबारे जानकारी लिएको उनले बताए। मन्त्री खाणले विमानस्थल अध्यागमन कार्यालयका अन्य कर्मचारीलाई पनि विमानस्थलबारे साेधेका थिए।
अध्यागमनका कर्मचारीहरूले विमानस्थल र आफूहरू पूर्ण तयारी अवस्थामा रहेको बताएका थिए।










-1739010447.jpg)
