Kathmandu Press

त्रिभुवन विमानस्थल शंकास्पद वस्तु रहेको भनि अज्ञात व्यक्तिबाट फोन

काठमाडौं, वैशाख २१ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंकामा विमानस्थल क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। बुधबार बिहान अज्ञात व्यक्तिबाट विमानस्थलमा शंकास्पद बस्तु...
त्रिभुवन विमानस्थल शंकास्पद वस्तु रहेको भनि अज्ञात व्यक्तिबाट फोन

काठमाडौं, वैशाख २१ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंकामा विमानस्थल क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। 

बुधबार बिहान अज्ञात व्यक्तिबाट विमानस्थलमा शंकास्पद बस्तु रहेको भनि फोन आएपछि विमानस्थल परिसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सर्च अपरेशन चलाएको छ। 

अज्ञात व्यक्तिबाट फोन आएपछि आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ । अन्तर्राष्ट्रिय उडानहरु जारी रहे पनि आन्तरिक उडान बन्द गरिएको विमानस्थल प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: १०:५६ बजे, बुधबार, वैशाख २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्