एमालेका गाउँपालिका अध्यक्ष उम्मेदवारविरुद्ध पक्राउ पुर्जी
विष्टविरुद्ध बैंकिङ कसुर र दोहोरो नागरिकता लिएको आरोपमा २०७७ सालमा भक्तपुरमा मुद्दा दर्ता भएको थियो।
काठमाडाैं, वैशाख २१ : नेकपा एमालेका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवारविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। ओखलढुंगा लिखु गाउँपालिकामा एमालेका अध्यक्षका उम्मेदवार बनेका मिलनकुमार विष्टविरुद्ध भक्तपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो।
भक्तपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनको खोजी कार्य सुरु भएको जिल्ला प्रहरी कार्यालय ओखल ढुंगालले जनाएको छ। विष्टविरुद्ध कांग्रेसबाट उम्मेदवार अशोक कार्कीले निर्वाचन अधिकृत कार्यालयमा उजुरी दिएका थिए।
उनीविरुद्ध बैंकिङ कसुर र दोहोरो नागरिकता लिएको आरोपमा २०७७ सालमा भक्तपुरमा मुद्दा दर्ता भएको थियो।
प्रकाशित मिति: १०:४२ बजे, बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1739010447.jpg)
