Kathmandu Press

पूर्वी नवलपरासीमा कांग्रेस र एमालेबीच झडप, कांग्रेस उम्मेदवार घाइते

नपलपरासी, वैशाख २१ : पूर्वी नवलपरासीमा चुनावी प्रचारका क्रममा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ।पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं. १ मा...
पूर्वी नवलपरासीमा कांग्रेस र एमालेबीच झडप, कांग्रेस उम्मेदवार घाइते

नपलपरासी, वैशाख २१ : पूर्वी नवलपरासीमा चुनावी प्रचारका क्रममा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ।

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं. १ मा भएको झपडमा कांग्रेसीकी गाउँपालिका अध्यक्षकी उम्मेदवार लक्ष्मीदेवी पाण्डेसहित ६ जना घाइते भएका छन्।

नवलपुर प्रहरीका अनुसार घाइते चार जनालाई उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको छ । उनीहरुको टाउकोमा चोट लागेको छ ।

अघिल्लो निर्वाचनमा अध्यक्षमा निर्वार्चित भएकी पाण्डे यो पटक कांग्रेसबाटै उम्मेदवार छिन्। चुनाव प्रचारमा प्रयोगक भएको पाण्डेको गाडीसमेत तोडफोड भएको छ।

 

प्रकाशित मिति: १०:३३ बजे, बुधबार, वैशाख २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्