Kathmandu Press

कर्णाली प्रदेशमा थपियो आठ दिन सार्वजनिक बिदा

सुर्खेत, वैशाख २१ : कर्णाली प्रदेश सरकारले २०७९ सालमा राष्ट्रियबाहेक प्रदेशभर थप आठ दिन सार्वजनिक बिदा दिने भएको छ।प्रदेश सरकारको गत चैत २९...
कर्णाली प्रदेशमा थपियो आठ दिन सार्वजनिक बिदा

सुर्खेत, वैशाख २१ : कर्णाली प्रदेश सरकारले २०७९ सालमा राष्ट्रियबाहेक प्रदेशभर थप आठ दिन सार्वजनिक बिदा दिने भएको छ।

प्रदेश सरकारको गत चैत २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा थप्ने निर्णय गरेको हो। सार्वजनिक बिदा गरेको निर्णय यही वैशाख ७ गते  प्रदेशको राजपत्रमा प्रकाशित गरेको छ।

कर्णालीमा धान दिवसका अवसरमा दुई दिन सार्वजनिक बिदा हुने भएको छ। ऐतिहासिक दिनका रुपमा चैत्र १२ गते जुम्लालाई मात्र र असार १५ गते जुम्लाबाहेक नौ जिल्लामा धान दिवसका अवसरमा बिदा दिने सरकारले निर्णय गरेको छ।

त्यस्तै, साउन १ गतेलाई साउने सङ्क्रान्ति तथा देउडा पर्व भनेर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव दिनेशसागर भुसालले जानकारी दिए। साउन १७ गते साउन शुक्ल पञ्चमी (नाग पञ्चमी), भदौ ४ गते प्रदेश स्थापना तथा शहीद दिवस, असोज २३ गते शुक्ल (कोजाग्रत) पूर्णिमा, चैत्र १६ गते चैत्र शुक्ल नवमी (रामनवमी) प्रदेशभर बिदा दिइने सचिव भुसालले बताए।

उनका अनुसार असोज कृष्ण त्रयोदशीका दिन भने चन्दननाथ बाबा मेलाको सार्वजनिक बिदा दिने निर्णय भएको छ। यस दिनमा भने जुम्ला जिल्लामा प्रादेशिक तथा स्थानीय तहका कार्यालयहरुमा बिदा हुने प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: ०७:२१ बजे, बुधबार, वैशाख २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्