Kathmandu Press

आज विराटनगरमा कांग्रेसको पहिलो आमसभा, प्रधानमन्त्रीले सम्बोधन गर्ने

विराटनगर, वैशाख २१: स्थानीय चुनाव केन्द्रित नेपाली कांग्रेसको पहिलो आमसभा आज मोरङको विराटनगर हुँदै छ।विराटनगरमा हुने आमसभालाई प्रधानमन्त्री एवं कांग्रस सभापति शेरबहादुर देउवा,...
आज विराटनगरमा कांग्रेसको पहिलो आमसभा, प्रधानमन्त्रीले सम्बोधन गर्ने

विराटनगर, वैशाख २१: स्थानीय चुनाव केन्द्रित नेपाली कांग्रेसको पहिलो आमसभा आज मोरङको विराटनगर हुँदै छ।

विराटनगरमा हुने आमसभालाई प्रधानमन्त्री एवं कांग्रस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मालगायत नेताहरुले सम्बोधन गर्ने भएका छन्।

सत्तारुढ गठबन्धनको तर्फबाट विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका नागेश कोइराला मेयरको उम्मेदवार छन्।

स्थानीय चुनावका लागि कांग्रेसले आजबाट आमसभा शुरुआत गर्न लागेको हो। एक सातासम्म देशका १० शहरमा आमसभा गर्ने कांग्रेसको तयारी छ।

प्रकाशित मिति: ०७:०२ बजे, बुधबार, वैशाख २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्