प्रशिक्षक र खेलाडीबीचको विवाद समाधान गर्न छानबिन समिति गठन गरिने
काठमाडौं, वैशाख २० : नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र १० खेलाडीबीचको विवाद समाधानका लागि अखिल नेपाल फुटबल संघ एन्फाले छानबिन...
काठमाडौं, वैशाख २० : नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र १० खेलाडीबीचको विवाद समाधानका लागि अखिल नेपाल फुटबल संघ एन्फाले छानबिन समिति गठन गर्ने भएको छ ।
मुख्य प्रशिक्षकको निर्देशनमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षण छाड्न बाध्य १० खेलाडीसँग मंगलबार छलफल गरेपछि घटनाबारे निष्पक्ष छानबिन गर्न एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा सहमत भएका छन् ।
भोलि (बुधबार) छानबिन समिति गठन गर्ने र त्यसले चार दिनभित्र निष्कर्ष निकाल्नेमा खेलाडीहरु सहमत भएको छलफलपछि अध्यक्ष शेर्पाले जानकारी गराएका छन् । उनले छानबिन समिति गठन गर्ने भए पनि कसको संयोजकत्व र कति सदस्यीय समिति बनाउने भन्नेबारे भने केहि खुलाएनन् ।
प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको कार्यशैलीमा असहमति जनाउँदै बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले क्याम्प छाडेका थिए ।
प्रकाशित मिति: २०:११ बजे, मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1739010447.jpg)
