देश विकासका लागि एमालेले जित्न जरुरी : एमाले अध्यक्ष ओली
काठमाडौं, वैशाख २० : पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास, लोकतन्त्रको रक्षा र सार्वभौमसत्ता जोगाउन नेकपा (एमाले)ले...
काठमाडौं, वैशाख २० : पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास, लोकतन्त्रको रक्षा र सार्वभौमसत्ता जोगाउन नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचन जित्न जरुरी रहेको बताएका छन्।
गृहजिल्ला झापाको मेचीनगरमा आज अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेकपा एमालेको पक्षमा जनलहर आएको जिकिर गरे। उनीआज बिहान काठमाडौँबाट झापा आएका हुन् । झापाको भद्रपुर र हल्दिबारीको आमसभामा सहभागी बनेर उहाँ अपराह्न मेचीनगरको धुलाबारी आएका हुन्।
मेचीनगर मुलुकको प्रवेशद्वार भएको हुँदा तीव्र विकासका लागि एमालेका उम्मेदवारलाई जिताउन उनले मेचीनगरबासीलाई आह्वान गरे। उनले हल्दिबारी गाउँपालिका–१ गोलधाप र भद्रपुर नगरपालिका–३ को ज्ञानचोकमा आयोजित आमसभालाई सम्बोधन गरेका थिए।
प्रकाशित मिति: १८:२६ बजे, मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











