कांग्रेसले देशका १० स्थानमा चुनावी सभा गर्दै, कुन नेताको कहाँ सम्बोधन ? (तालिकासहित)
नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सभापति, नेता एवं पदाधिकारी लगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय गरेको हो ।
काठमाडौं, वैशाख २० : सत्तारुढ दल नेपाली कांग्रेसले विभिन्न चुनावी सभामा नेताहरुको सम्बोधन गर्ने कार्यक्रम तालिका तय गरेको छ ।
नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सभापति, नेता एवं पदाधिकारी लगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय गरेको हो ।
जसअनुसार सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै निर्वाचन सभाहरूमा सहभागिता जनाउने छन् । कांग्रेसले विराटनगर, भरतपुर, काठमाडौं, रुपन्देही, दमौली, जनकपुर, पोखरा, तुलसीपुर, धनगढी र डडेल्धुरामा चुनावी सभा गर्न गर्दै छ ।
कांग्रेसले भोलि विराटनगरबाट चुनावी अभियान सुरु गरेर वैशाख २७ गते डडेल्धुरामा सम्पन्न गर्ने छ । सबै सभाहरुको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिहरुले गर्ने पनि कांग्रेसले जनाएको छ ।


प्रकाशित मिति: १८:११ बजे, मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











