सुनिता डंगोलमाथि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी महानगरमा नियुक्ती लिएको आरोप (पत्रसहित)
काठमाडौं, वैशाख २० : नेकपा एमालेबाट काठमाडौं महानगरपालिको उपमेयर पदमा उम्मेदवारी दिएकी सुनिता डंगोलमाथि भ्रष्टाचारको आरोप लागेको छ।मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा डंगोलविरुद्ध भ्रष्टाचारको...
काठमाडौं, वैशाख २० : नेकपा एमालेबाट काठमाडौं महानगरपालिको उपमेयर पदमा उम्मेदवारी दिएकी सुनिता डंगोलमाथि भ्रष्टाचारको आरोप लागेको छ।
मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा डंगोलविरुद्ध भ्रष्टाचारको उजुरी परेको हो। डंगोलले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी काठमाडौं महानगरपालिकाको शहरी विकास परियोजनाको सल्लाहकारमा नियुक्ति लिएको आरोप लागेको हो।
निवेदनमा डंगोल आफूले प्राप्त नगरको स्नातकोत्तर योग्यता प्राप्त गरेको छु भनि आफ्नो शैक्षिक योग्यता ढाँटेर विगत पाँच वर्षदेखि काठमाडौं महानगरपालिकामा सल्लाहकारको नियुक्ति लिई गैरकानुनी रुपमा मासिक ८० हजार आर्जन गरेको उल्लेख छ।
‘डंगोलले गैह्र कानुनी नियुक्ती लिन सफल भई गैह्र कानुनी रुपमा अािर्थक लाभ लिएकीले निजको सम्पूर्ण फाइल काठमाडौं महानगरबाट झिकाई नियन्त्रणमा लिई अनुसन्धान गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को कसुरमा सजाय गराई निजले प्राप्त गरेको रकम तथा जरिवाना समेत असुल उपर गराई पाउँ,’ निवेदनमा भनिएको छ।













