Kathmandu Press

एआइजी सहकुल थापा काममा फर्किए

काठमाडौं, वैशाख २० : सरकारले धिरजप्रताप सिंहलाई आइजिपी बनाएपछि असन्तुष्ट जनाउँदै बिदामा बसेका एआइजी सहकुलबहादुर थापा काममा फर्किएका छन् । तेस्रो वरियताका एआइजीलाई आइजिपी...
एआइजी सहकुल थापा काममा फर्किए

काठमाडौं, वैशाख २० : सरकारले धिरजप्रताप सिंहलाई आइजिपी बनाएपछि असन्तुष्ट जनाउँदै बिदामा बसेका एआइजी सहकुलबहादुर थापा काममा फर्किएका छन् । तेस्रो वरियताका एआइजीलाई आइजिपी बनाएको भन्दै एआइजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाले बिदा लिएका थिए। 

पोखरेलको एक महिना र थापाको १० दिन बिदा स्वीकृति समेत भइसकेको छ। निवर्तनमा महानिरीक्षक शैलेस थापा क्षेत्रीले उनीहरुको बिदा स्विकृत गरेका थिए। 

निर्वाचनको मुखमै बिदा लिएर बस्दा असर पुग्ने निष्कर्शसहित मंगलबार गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव टेकनारायण पाण्डे र प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहसँग भेट गरेपछि एआजी थापा काममा फर्कन सहमत भएका हुन्। उनी निर्वाचन सेलका कमाण्डर हुन्। 

काममा फर्कने सहमति पछि थापाले बुधबारदेखि  प्रहरी प्रधान कार्यालयको कार्य विभाग हाजिर गर्ने बताइएको छ। मंगलबार सार्वजनिक विदा भएकाले घरबाट निर्वाचनसम्बन्धी नियमित रिपोर्टिङ लिइरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएका छन्। 

अर्का असन्तुष्ट एआइजी विश्व पोखरेलले भने सरकारले गरेको निर्णयविरुद्ध सर्वोच्चमा रिट दिएका छन्। उनको रिटमा बुधबार सुनुवाई हुँदैछ। 
 

प्रकाशित मिति: १४:५१ बजे, मंगलबार, वैशाख २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्