Kathmandu Press

मलेसियामा नेपाली युवकको मृत्यु

तुलसीपुर, कात्तिक ३ : रोजगारीका लागि मलेशिया गएका दाङका एक युवकको मृत्यु भएको छ।

शान्तिनगर गाउँपालिका–२ बाघमारे निवासी ४२ वर्षीय मोहन ....

मलेसियामा नेपाली युवकको मृत्यु

तुलसीपुर, कात्तिक ३ : रोजगारीका लागि मलेशिया गएका दाङका एक युवकको मृत्यु भएको छ।

शान्तिनगर गाउँपालिका–२ बाघमारे निवासी ४२ वर्षीय मोहन केसी (कान्छो)को असोज २९ गते नेपाली समयअनुसार बेलुका ४ः३० बजेतिर मृत्यु भएको जनाएको छ।

दशैँको टीकाका दिन एक्कासि बेहोस भएपछि उपचारका लागि मलेशियाकै सालम अस्पतालमा लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको आफन्त सुरेश ओलीले बताए।

केसी डिएचएल सप्लाई चैन कम्पनीमा ‘सेक्युरिटी गार्ड’ मा काम गर्न एक महिनाअघि मात्रै मलेशिया गएका थिए। उनको शव सोमबार नेपाल ल्याउने तयारी भएको सुरेशले बताए।

प्रकाशित मिति: १२:१० बजे, आइतबार, कात्तिक ३, २०७६