Kathmandu Press

मुख्यमन्त्री राईद्वारा ईदको शुभकामना

विराटनगर, वैशाख १९ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले इस्लाम धर्मावलम्बीको महान् चाड ईद ९ईद–उल–फित्र० पर्वको सुखद् अवसरमा देश, विदेशमा रहनुहुने सम्पूर्ण...
मुख्यमन्त्री राईद्वारा ईदको शुभकामना

विराटनगर, वैशाख १९ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले इस्लाम धर्मावलम्बीको महान् चाड ईद ९ईद–उल–फित्र० पर्वको सुखद् अवसरमा देश, विदेशमा रहनुहुने सम्पूर्ण मुस्लिम दाजुभाइ, दिदीबहिनीसहित सबै नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको शुभकामना व्यक्त गरेका छन्। 

मुख्यमन्त्री राईले आज दिनुभएको शुभकामना सन्देशमा इस्लाम धर्मावलम्बीको महान चाड ‘ईद उल फित्र’ पवित्र रमजानको एक महिने कठोर उपवासपछिको अन्तिम दिनमा पर्दछ र यो दिन पर्व मनाउन आकाशमा देखिने चन्द्रमाको आकार महत्वपूर्ण हुने बताएका छन्। 

मुख्यमन्त्री राईले सन्देशमा मुस्लिम समुदायले मनाउने यो पर्व एउटा उत्साह र समानताको प्रतीक समेत रहेको उनले बताए। 
    
उनले  आपसी सद्भावको चाडको रूपमा मनाइने यो पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा अघि बढ्न प्रेरित गरेको उल्लेख गरेका छन् । नेपाल सदियौँदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रुपमा रहेको उल्लेख गर्दै विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेकोले सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवं सम्बद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व भएको मुख्यमन्त्री राईले सन्देशमा व्यक्त गरेका छन्। 
    
उनले हाम्रा जुनसुकै पर्व राष्ट्रिय एकताको माध्यम बन्न सकोस् र यी पर्वबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षासहित संसारभरि फैलिएर रहेका मुस्लिम दाजुभाइ, दिदीबहिनीसहित सबै नेपालीमा ईद–उल–फित्रका अवसरमा हार्दिक शुभकामना दिएका हुन्। 

प्रकाशित मिति: १३:५१ बजे, मंगलबार, वैशाख २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्