Kathmandu Press

स्थानीय निर्वाचनमा गोरखामा मदिरा प्रयोगमा रोक

गाेरखा, वैशाख २० : आसन्न स्थानीय निर्वाचनमा गोरखा जिल्लामा मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा रोक लगाइने भएको छ । निर्वाचनका बेला ...
स्थानीय निर्वाचनमा गोरखामा मदिरा प्रयोगमा रोक

गाेरखा, वैशाख २० : आसन्न स्थानीय निर्वाचनमा गोरखा जिल्लामा मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा रोक लगाइने भएको छ । निर्वाचनका बेला  शान्ति सुरक्षामा हुनसक्ने घटनालाई दृष्टिगत गर्दै सर्वपक्षीय बैठकमा गोरखामा मदिन प्रयोगमा रोक लगाउने निर्णय गरेको हो।

जसअनुसार वैशाख २५ गतेदेखि आगामी जेठ ७ गतेसम्म जिल्लाभर मदिराको प्रयोगमा रोक लगाइने छ।

जिल्लाभर नै होटल, रेष्टुरेण्टलगायत अन्य पेशा व्यवसाय बिहान ७ बजेदेखि साँझ ९ः३० बजेसम्म मात्र सञ्चालन गर्न पाउने सोमबार बसेको बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले बताए।

निर्वाचन प्रचारका क्रममा दलहरुबीच शान्ति सुरक्षामा खलल हुने खालका गतिविधि हुन नदिन एकै स्थान, समय र बाटो पर्ने गरी कार्यक्रम आयोजना नगर्ने, चुनाव प्रचारप्रसारका लागि कार्यक्रम गर्दा स्थानीय प्रशासनलाई जानकारी गराएर मात्र सञ्चालन गर्ने सहमति पनि भएको उनले बताए ।

बैठकमा निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने, दलहरुबीच प्रचारप्रसारका कार्यक्रम गर्दा सामाजिक सद्भाव कायम राख्ने गरी सञ्चालन गर्ने र निर्वाचन अवधिभरसम्म आवश्यक पर्ने अत्यावश्यक बस्तु तथा सेवाको अभाव हुन नदिन उद्योग वाणिज्य सङ्घ, चेम्बरअर्फ कर्मसलगायत संघसंस्थाले आवश्यक व्यवस्था मिलाउने सहमति पनि भएको थियो ।

प्रकाशित मिति: १२:३१ बजे, मंगलबार, वैशाख २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्