Kathmandu Press

कलाकार त्रय भुवन, श्वेता र रविन्द्र कांग्रेसमा प्रवेश

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री शेरबहादुर देउवाले अभिनेता भुवन केसी, अभिनेत्री श्वेता खड्का तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्कासहितका कलाकारलाई कांग्रेसमा प्रवेश गराएका हुन्।
कलाकार त्रय भुवन, श्वेता र रविन्द्र कांग्रेसमा प्रवेश

काठमाडाैं, वैशाख २० : स्थानीय निर्वाचन निजिकिँदै गर्दा चर्चित कलाकारहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री शेरबहादुर देउवाले अभिनेता भुवन केसी, अभिनेत्री श्वेता खड्का तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्कासहितका कलाकारलाई कांग्रेसमा प्रवेश गराएका हुन्।

भुवन, श्वेता र रविन्द्र माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको पहलमा कांग्रेस प्रवेश गरेका हुन्। अभिनेता खड्काले लोकतान्त्रिक दल नेपाली कांग्रेसलाई सघाउने निर्णयअनुसार पार्टी प्रवेश गरेको बताए ।

२०७० को संविधानसभा निर्वाचनमा एमाले प्रवेश गरेका भुनव लोकतन्त्र पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बन्ने चर्चा थियो ।

कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंह, माइती नेपालकी अध्यक्ष कोइराला, निर्देशक नीर शाहलगायत सहभागी थिए।

प्रकाशित मिति: १२:१९ बजे, मंगलबार, वैशाख २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्