Kathmandu Press

सय ग्राम सुनसहित विमानस्थलबाट एक यात्रु पक्राउ

काठमाडाैं, वैशाख २० : सय ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक जना यात्रु पक्राउ परेका छन् । रुपन्देहीका २८ वर्षीय युवकलाई विमानस्थल भन्सार...
सय ग्राम सुनसहित विमानस्थलबाट एक यात्रु पक्राउ

काठमाडाैं, वैशाख २० : सय ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक जना यात्रु पक्राउ परेका छन् । रुपन्देहीका २८ वर्षीय युवकलाई विमानस्थल भन्सार कार्यालयले सय ग्राम सुनसहित मंगलबार बिहान पक्राउ गरेको हो। उनी कुवेतबाट जजिरा एअरमा आएका थिए।

चेकजाँचका क्रममा मिक्सरको भित्री भागमा करिब सय ग्राम सुनलाई कालो टेपले बेरेर लुकाएको पाइएपछि युवकलाई नियन्त्रणमा लिइएको भन्सार कार्यालयले जनाएको छ ।

भन्सार ऐन २०६४ र आर्थिक ऐन २०७८ अनुसार विदेशबाट नेपाल आउने नेपाली यात्रुले अधिकतम सय ग्रामसम्म काँचो सुन लिएर आउन पाउँछन्, तर उनीहरूले भन्सार कार्यालयमा घोषणा गरी राजस्व तिर्नुपर्छ । सय ग्राम सुनको एक लाख ५६५ रुपैयाँ राजस्व तिर्नु पर्छ।

प्रकाशित मिति: ११:१९ बजे, मंगलबार, वैशाख २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्