Kathmandu Press

एक किलो सुनसहित बाँकेबाट एक जना पक्राउ

बाँके, वैशाख २० : बाँकेको खजुराबाट करिब एक किलो सुनको गहनासहित एक जना पक्राउ परेका छन्। बाँके खजुरा गाउँपालिका वडा नं २ एलगाउँस्थित...
एक किलो सुनसहित बाँकेबाट एक जना पक्राउ

बाँके, वैशाख २० : बाँकेको खजुराबाट करिब एक किलो सुनको गहनासहित एक जना पक्राउ परेका छन्। बाँके खजुरा गाउँपालिका वडा नं २ एलगाउँस्थित सुवेदी चोकबाट बहुमूल्य सुनसहित बझाङ जयपृथ्वी नगपारपालिका–१ पिमी कैलाश बस्ने २८ वर्षीय अशोकबहादुर सिहलाई प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुराबाट खटेको संयुक्त प्रहरी टोलीले शंकास्पदरूपमा हिँडिरहको अवस्थामा सिहंलाई नियन्त्रणमा लिएको थियो । प्रहरीलाई देख्नेबित्तिकै भाग्न खोज्दा प्रहरीले पिछा गरेर उनलाई पक्राउ गरेको थियो ।

सिंहले बोकेको कालो रङको झोलाभित्र खानतलासी गर्दा सुनबाट निर्मित विभिन्न गहना बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हार, मङुगलसूत्र, बाला, दाना, झुम्की, रामलीला, झाला, ब्रासलेट, कानपासा, औठी, टप, फुली, टुक्राहरू पत्थर र मालासहित विभिन्न प्रकारका गहना तौल गर्दा ८०२ ग्राम ७३ मिलीग्रामका सुनका गहना बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको गहनाको अन्दाजी मूल्य रु ६२ लाख बराबरको रहेको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानबाट सिंहले यही वैशाख ४ गते भारतको बैङ्गलौरस्थित सुन पसलबाट चोरी गरेको बुझिएको छ । यसका लागि भारतीय प्रहरीसँग समन्वय गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार अनुसन्धानमा प्रभाव पर्ने भएको र अन्य संलग्न व्यक्ति पक्राउ नपरेको हुँदा मालसामान धनीहरूको नाम गोप्य राखेको जनाएको छ ।

प्रकाशित मिति: ११:०९ बजे, मंगलबार, वैशाख २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्