Kathmandu Press

बाढीले बगाउँदा दाङमा किशोरीको मृत्यु

दाङ, वैशाख २० : खहरे खोलामा आएको बाढीले बगाउँदा दाङमा एक किशोरीको ज्यान गएको छ।दाङको बबई गाउँपालिका ४ हस्नापुरकी सन्ध्या परियारको हस्नापुर खोलामा...
बाढीले बगाउँदा दाङमा किशोरीको मृत्यु

दाङ, वैशाख २० : खहरे खोलामा आएको बाढीले बगाउँदा दाङमा एक किशोरीको ज्यान गएको छ।

दाङको बबई गाउँपालिका ४ हस्नापुरकी सन्ध्या परियारको हस्नापुर खोलामा बगेर ज्यान गएको हो। सोमबार हस्नापुर खोलामा बाढी आएको थियो।

उनलाई खोला तर्ने क्रममा बाढीले बगाएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए। बाढीमा बगेर बेपत्ता भएकी सन्ध्यालाई डेढ सय मिटर तल भेटिएकी थिइन्।

उनलाई तत्कालै दाङको राप्ती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारका क्रममै मृत्यु भएको अर्यालले बताए।

प्रकाशित मिति: ०८:२० बजे, मंगलबार, वैशाख २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्