यू-१९ विश्वकप छनोट खेल्ने नेपाली टोली घोषणा
काठमाडौं, वैशाख २०: यू-१९ महिला विश्वकप क्रिकेट छनोटका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ।नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा हुने यू-१९ महिला...
काठमाडौं, वैशाख २०: यू-१९ महिला विश्वकप क्रिकेट छनोटका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा हुने यू-१९ महिला विश्वकप एशिया क्षेत्र छनोटका लागि नेपाली टोली घोषणा गरेको हो। बन्द प्रशिक्षणमा रहेका ४४ खेलाडीमध्ये १८ खेलाडी छनोट भएका हुन्।
अर्को वर्ष दक्षिण अफ्रिकामा विश्वकप हुनेछ। त्यसका लागि हुने छनोटमा एशिया क्षेत्रबाट नेपाल, मलेसिया, यूएई, थाइल्यान्ड, चीन, भुटान, म्यानमार र कतार प्रतिस्पर्धामा छन्। आगामी ४ जुनबाट छनोट प्रतियोगिता हुनेछन्।
नेपाली टोलीमा किरण कुवँर, सोनु राजवंशी, टीका शाह, सृष्टि धामी, सावित्रा धामी, अलिशा यादव, रञ्जु श्रेष्ठ, अञ्जली विक, हिरन्मायी रोय, अलिशा खडिया, कृतिका मरासिनी, मनिषा उपाध्याय, स्नेहा महरा, निशा शाह, मनिषा राना मगर, प्रतिमा शाह, ज्योत्निस्का मरासिनी र मनिषा चौधरी छन्।











