Kathmandu Press

६४ जिल्लामा पुगे एक करोड ३२ लाख मतपत्र

काठमाडौं, वैशाख २० : स्थानीय तह निर्वाचनका लागि देशका ६४ जिल्लामा मतपत्र पुगेका छन्।निर्वाचन आयोगले देशभर मतपत्र पुर्याउन काम भइरहेको जनाएको छ। अहिलेसम्म...
६४ जिल्लामा पुगे एक करोड ३२ लाख मतपत्र

काठमाडौं, वैशाख २० : स्थानीय तह निर्वाचनका लागि देशका ६४ जिल्लामा मतपत्र पुगेका छन्।

निर्वाचन आयोगले देशभर मतपत्र पुर्‍याउन काम भइरहेको जनाएको छ। अहिलेसम्म ६४ जिल्लामा एक करोड ३२ लाख २१ हजार मतपत्र पठाएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए।

अब काठमाडौं उपत्यका र मधेश प्रदेशका जिल्ला मात्रै मतपत्र पठाउन बाँकी रहेको छ। काठमाडौंबाट एकै दिनमा मतपत्र पठाउन सकिने ठाउँमा मात्रै बाँकी रहेको अर्यालले जानकारी दिए।

उपत्यकाका तीन जिल्ला र मधेश प्रदेशका आठ जिल्लामा काठमाडौंबाट एकै दिनमा मतपत्र पुर्‍याउन सकिने भएकाले केही दिनमा पठाइने उनको भनाइ थियो।

यससँगै ६ वटा महानगरपालिका र भक्तपुरका चार नगरपालिकाको मतपत्र पनि छपाइ भइरहेको आयोगले जनाएको छ। आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि मात्रै महानगर र भक्तपुरका चार नगरपालिकाको मतपत्र छाप्न थालेको हो।

 

प्रकाशित मिति: ०७:१५ बजे, मंगलबार, वैशाख २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्