Kathmandu Press

निर्वाचनमा कुन उम्मेदवारले कति सवारी साधन प्रयोग गर्न पाउनेछन् ?

काठमाडौंं,  वैशाख १९  : निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारहरूका लागि सवारीसाधन प्रयोग निर्देशिका जारी गरेको छ । यही वैशाख ३० गतेको निर्वाचनका लागि आयोगले...
निर्वाचनमा कुन उम्मेदवारले कति सवारी साधन प्रयोग गर्न पाउनेछन् ?

काठमाडौंं,  वैशाख १९  : निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारहरूका लागि सवारीसाधन प्रयोग निर्देशिका जारी गरेको छ । 

यही वैशाख ३० गतेको निर्वाचनका लागि आयोगले सोमबार निर्देशिका जारी भएको हो । निर्वाचन आचारसंहिता कार्यान्वयन कार्यविधि, २०७९ का अनुसार उम्मेदवारले निर्वाचन अधिकृतबाट अनुमति पत्र लिएर मात्र प्रचारप्रसारका लागि सवारीसाधन प्रयोग गर्न पाउने छन्। 

जसअनुसार महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख र वडाध्यक्ष वा वडा सदस्यले बढीमा दुई वटा हलुका सवारीसाधन प्रयोग गर्न पाउने छन् ।

नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यले एउटा हलुका सवारीसाधन र दुई वटासम्म घोडा प्रयोग गर्न पाउने आयोगले जनाएको छ ।

प्रकाशित मिति: २०:३७ बजे, सोमबार, वैशाख १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्