तिलोत्तमाका मेयरविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी

काठमाडौं, वैशाख १९ : तिलोत्तमा नगरपालिकामा प्रमुख बासुदेव घिमिरेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।
तिलोत्तमा नगरपालिका–१० का प्रदीप थापाले नगर प्रमुख घिमिरेले पदको दुरुपयोग गर्दै एमालेका उम्मेदवारलाई भोट माग्दै भाषण गरेको, नारा जुलुसमा सहभागी भएको, नाचगान गरेको भन्दै निर्वाचन ऐन र आचारसंहिता अनुसार कारवाही गर्न माग गरेका हुन् ।
निर्वाचन आचारसंहिता २०७८ परिच्छेद ३ दफा (ञ) मा पदबाट राजीनामा नदिई कुनै दलको वा उम्मेदवारको चुनावी कार्यक्रममा सहभागी हुन नपाइने उल्लेख छ ।
तर घिमिरेले भने सरकारका मन्त्रीहरुले पनि आचारसंहिता उल्लंघन गरेको भन्दै आट भए कारबाही गर्न भन्दै चुनौती दिएका थिए ।
प्रकाशित मिति: १९:४६ बजे, सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











