हेटौडामा डोजर दुर्घटना हुँदा ३ जनाको मृत्यु
काठमाडौं, वैशाख १९ : काठमाडौं–तराई द्रूतमार्गमा निर्माणको क्रममा उत्खनन् भएको माटो फाल्ने क्रममा डोजर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।हेटौडाको बकैथा...
काठमाडौं, वैशाख १९ : काठमाडौं–तराई द्रूतमार्गमा निर्माणको क्रममा उत्खनन् भएको माटो फाल्ने क्रममा डोजर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
हेटौडाको बकैथा गाउँपालिका–११ स्थित जितपुर भञ्ज्याङ नजिकै दुर्घटनामा परेको हो । मृतक तीनै जना चिनियाँ नागरिक रहेको प्रहरीले बताएको छ ।
दुर्घटनामा १ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा घाईते भएका अन्य तीन जनाको हेटौंडा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १९:३५ बजे, सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











