Kathmandu Press

विकासका पाँच स्तम्भ समेटेर ललितपुर महानगर एमालेकाे प्रतिबद्धता सार्वजनिक (पूर्णपाठ)

काठमाडाैं, वैशाख १९ : ललितपुर महानगर एमाले मेयर उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्।‘सुशासन, समृद्धि र समाजवादको आधार, ललितपुर महानगरमा एमालेको...
विकासका पाँच स्तम्भ समेटेर ललितपुर महानगर एमालेकाे प्रतिबद्धता सार्वजनिक (पूर्णपाठ)

काठमाडाैं, वैशाख १९ : ललितपुर महानगर एमाले मेयर उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्।

‘सुशासन, समृद्धि र समाजवादको आधार, ललितपुर महानगरमा एमालेको सरकार’ भन्ने नाराका साथ सार्वजनिक  गरिएको ५९ बुँदे प्रतिबद्धतापत्रमा महानगर विकासका पाँच स्तम्भ समेटेका छन्। ती आधार हुन्- किफायती, समावेशी, प्रकोप प्रतिरोधी, दिगोपन र समृद्धि।

निःशुल्क फोहोर संकलन, निजी, समुदाय एवं पालिका साझेदारीमा फोहोरबाट मोहोर कार्यक्रम सञ्चालन, फोहोर सेग्रिगेसन नीतिमा कडाइ गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ।

महानगरीय अस्पताल र शिशु स्याहार केन्द्रदेखि द्वन्द्व व्यवस्थापन परामर्श केन्द्र सञ्चालन गर्ने उल्लेख छ । त्यस्तै पुँजी निर्माण र परिचालन, वित्तीय साक्षरता कार्यक्रम र युवा उद्यमशीलतासँग सहकारी, प्रत्येक घरहरूमा घर नम्वरिङ गरी सेवा प्रवाह तथा सूचना प्रणालीलाई व्यवस्थित तुल्याइने प्रतिवद्धतापत्रमा उल्लेख छ।

‘जनताको स्वास्थ्य हाम्रो सरोकार’ भन्दै अनिवार्य स्वास्थ्य बिमा अभियान चलाउने, प्रत्येक वडामा सुविधा सम्पन्न स्वास्थ्य चौकीमार्पmत निःशुल्क स्वस्थ्य परीक्षण एवं औषधि वितरणको योजना पनि त्यसमा समेटिएको छ।

सार्वजनिक एवं सरकारी सम्पतिको अभिलेख संकलन, संरक्षण र व्यवस्थापन गरिने, पालिका भित्र अस्थायी बसोवास गर्ने स्वदेशी तथा विदेशी नागरिकहरूको अनिवार्य रजिष्टेशन, सेवाहरुको विकेन्द्रीकरण नीतिदेखि सहरी गरिबहरूका लागि विद्युत् एवं खानेपानीमा पहुँच समेत व्यञ्जनकारले आफ्नो प्रतिबद्धतापत्रमा समेटेका छन्।

निर्माण एवं उपभोगमा स्वदेशी वस्तुको प्रयोगलाई प्रोत्साहन गर्ने व्यञ्जनकार प्रतिबद्धतामा उल्लेख छ। ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक हिसाबले महत्वपूर्ण स्थलहरु समेटेर धार्मिक पर्यटन सर्किटको विकास गर्ने योजना पनि प्रतिबद्धतामा समेटिएको छ।

प्रकाशित मिति: १६:५४ बजे, सोमबार, वैशाख १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्