Kathmandu Press

विश्व पोखरेलको रिट सर्वोच्चमा दर्ता, बुधबार पेशी 

काठमाडौं, वैशाख १९ : नेपाल प्रहरीको आइजीपी बढुवाप्रति असन्तुष्ट जनाउँदै एआइजी विश्वराज पोखरेलले सर्वोच्चमा दायर गरेको रिट दर्ता भएको छ।वरिष्ठता मिचेर धिरजप्रताप सिंहलाई आइजिपी...
विश्व पोखरेलको रिट सर्वोच्चमा दर्ता, बुधबार पेशी 

काठमाडौं, वैशाख १९ : नेपाल प्रहरीको आइजीपी बढुवाप्रति असन्तुष्ट जनाउँदै एआइजी विश्वराज पोखरेलले सर्वोच्चमा दायर गरेको रिट दर्ता भएको छ।

वरिष्ठता मिचेर धिरजप्रताप सिंहलाई आइजिपी बनाइएको भन्दै सोमबार पोखरेलले वारेसमार्फत रिट दायर गरेका थिए। उनको रिट दर्ता भएको सर्वोच्चले जनाएको छ । रिटको पेशी बुधबारका लागि तोकिएको छ। 
 
पोखरेलको रिट लिएर वारेस सुनीता राउत पुगेकी थिइन्। आइजीपी नियुक्ति विरुद्ध असन्तुष्ट रहेको भनिएका अर्का एआईजी सहकुल थापा भने अहिलेसम्म अदालत पुगेका छैनन्। उनी कानूनी परामर्शमै रहेको बताइएको छ। 

पोख्रेल भने आफू वरिष्ठ रहेको दाबी गर्दै आफैँलाई आईजीपी बनाउनुपर्ने मागसहित सर्वोच्च पुगेका हुन्। सिंहकै ब्याची भएपनि आफू पहिले एआईजी भएकाले आईजीपी हुनुपर्ने उनको माग छ। 

आईजीपी सिंहलेसोमबार दर्ज्यानी चिह्न लगाइसकेका छन्।

प्रकाशित मिति: १६:०८ बजे, सोमबार, वैशाख १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्