Kathmandu Press

नेपाल र जिम्बावे ‘ए’बीचको खेल वर्षाका कारण रद्द

नेपाल र जिम्बावे ‘ए’बीचको खेल वर्षाका कारण रद्द

काठमाडाैं, वैशाख १९ : नेपाल र जिम्बावे ‘ए’बीचको टी-२० अन्तर्गतको आज (सोमबार) को खेल वर्षाका कारण रद्द गरिएको छ।

जिम्बावे ‘ए’ विरुद्वको तीन टी-२० खेलअन्तर्गत कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको दोस्रो खेलमा टस जितेर पहिला नेपालले फिल्डिङ रोजेको थियो।

नेपालले पाँचौं ओभर बलिङ गरिरहँदा वर्षा भएपिछ खेल रद्द गरिएको हो।

झन्डै एक घन्टा खेल रोकिएपछि २/२ ओभर घटाएर दिउँसो सवा २ मा फेरि सुरु गर्ने भनिए पनि वर्षा नरोकिएपछि म्याच रेफ्री सत्यजित सरकार र अम्पायर विनयकुमार झाको टोलीले पौने ३ बजे मैदान निरीक्षण गरेर रद्द गरिएको बताइएको छ। 

जिम्बावेले ४.३ ओभरमा दुई विकेट गुमाउँदै ४८ रन बनाएको थियो। आइतबार नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो।

प्रकाशित मिति: १५:४२ बजे, सोमबार, वैशाख १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्