Kathmandu Press

'भारतमा कोरोना संक्रमित बढेकाले नेपालमा पनि सतर्कता अपनाउनु आवश्यक'

काठमाडौं, वैशाख १९ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम फेरि बढ्दै गएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले भारतमा...
'भारतमा कोरोना संक्रमित बढेकाले नेपालमा पनि सतर्कता अपनाउनु आवश्यक'

काठमाडौं, वैशाख १९ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम फेरि बढ्दै गएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले भारतमा कोराना संक्रमण दर बढिरहेकाले नेपालमा पनि त्यसको असर देखिन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हुन्।

एक सञ्चारमाध्यमसँगको अन्तर्वार्ताका क्रममा उनले भारतबाट नेपाल भित्रिने व्यक्तिबाट कोरोना संक्रमणको जोखिम रहेको भन्दै त्यसअनुसारको तयारी गर्न भन्दै मातहतका अस्पताल र स्वास्थ्यसंस्थालाई निर्देशन दिइसकिएको बताए। 

पछिल्लो समय कोरोना संक्रमण दर घटेको भन्दै सर्वसाधारणले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न छाडेकाले संक्रमण फैलिने जोखिम बढेको अधिकारीको भनाइ छ। 

स्थानीय निर्वाचनमा कोरोनाको संक्रमण झनै बढ्ने जोखिम रहेकाले त्यसबखत संक्रमणको जोखिमलाई कम गर्न  स्वास्थ्य सावधानी अपनाउन निर्वाचन आयोगसँग छलफल गरिएको उनको भनाइ छ।

कोरोना बढ्न नदिन स्वास्थ्य मापदण्ड पालना गराउने, खोप लगाउन बाँकी रहेकालाई खोप दिलाउने विषयमा कन्त्रालयले काम थालिसकेको उनले बताए। 

प्रकाशित मिति: १५:१९ बजे, सोमबार, वैशाख १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्