Kathmandu Press

स्थापितविरुद्ध जारी वक्तव्य २४ घन्टाभित्र फिर्ता लिन ओरेकलाई आयोगकाे निर्देशन

काठमाडौं, वैशाख १९ :  निर्वाचन आयोगले काठमाडौं महानगर मेयरका एमाले उम्मेदवार केशव स्थापितविरुद्ध जारी गरेको वक्तव्य २४ घण्टाभित्र हटाउन गैरसरकारी संस्था महिला पुनःस्थापना केन्द्रओरेकलाई...
स्थापितविरुद्ध जारी वक्तव्य २४ घन्टाभित्र फिर्ता लिन ओरेकलाई आयोगकाे निर्देशन

काठमाडौं, वैशाख १९ :  निर्वाचन आयोगले काठमाडौं महानगर मेयरका एमाले उम्मेदवार केशव स्थापितविरुद्ध जारी गरेको वक्तव्य २४ घण्टाभित्र हटाउन गैरसरकारी संस्था महिला पुनःस्थापना केन्द्रओरेकलाई निर्देशन दिएको छ।

आयोगको बैठकले स्थापितको उम्मेदवारी खारेज गर्न माग गर्दै उम्मेदवारको मान प्रतिष्ठामा आँच आउनेगरि दिएको प्रेस वक्तव्य आचारसंहिताविपरीत रहेको ठहर गर्दै तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न पनि निर्देशन दिएको छ।

रेनु अधिकारीद्वारा सञ्चालित ओरेक तथा त्यसमा आबद्ध ४० वटा परियोजनाले स्थापितविरुद्ध जारी गरेको वक्तव्य २४ घण्टाभित्र फिर्ता लिन आयोगले अनुराेध गरेकाे हाे।

कुनै उम्मेदवारलाई मत दिनू वा नदिनू भनी सामाजिक संस्थाले विज्ञप्ति जारी गर्दा कारबाही किन नगर्ने भनेर तीन दिनभित्र स्पष्टीकरणसमेत मागएिको छ।

सामाजिक काम गर्न भनेर स्थापना भएको गैरराजनीतिक संस्थाले राजनीतिक दलका उम्मेदवारलाई मत नदिन भनेर वक्तव्य जारी गर्नु गैरकानुनी र आचारसंहिताविपरीत हुने आयोगको ठहर छ।

प्रकाशित मिति: १४:३४ बजे, सोमबार, वैशाख १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्