आचारसंहिताविपरीत अभिव्यक्ति दिएकाे भन्दै स्थापितलाई साेधियाे २४ घन्टे स्पष्टीकरण
काठमाडाैं, वैशाख १९ : निर्वाचन आयोगले काठमाडौं महानगरपालिकामा एमालेबाट मेयर उम्मेदवार केशव स्थापितलाई स्पष्टीकरण मागेको छ।महिलाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर आयोगले स्थापितसँग आज...
काठमाडाैं, वैशाख १९ : निर्वाचन आयोगले काठमाडौं महानगरपालिकामा एमालेबाट मेयर उम्मेदवार केशव स्थापितलाई स्पष्टीकरण मागेको छ।
महिलाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर आयोगले स्थापितसँग आज (सोमबार) पत्र पाठाएर स्पष्टीकरण मागेको हो।
आयोगको कानुन तथा राजनीतिक दल महाशाखाका अनुसार उनलाई स्पष्टीकरण पेस गर्न २४ घन्टाको समय दिइएको छ।
गत बिहीबार काठमाडौंको धुम्बाराहीस्थित नेसनल कलेजमा आयोजित प्रमुख तथा उपप्रमुखहरुसँगको अन्तरक्रियामा एक महिला सहभागीले ‘मी टु’ सम्बन्धी सवाल उठाउँदा स्थापितले संयमित भई जवाफ दिनुको सट्टा एक्कासि जंगिएर उनीमाथि नै खनिएका थिए।
त्यसक्रममा स्थापितले भनेका थिए, ‘यु आर ब्युटीफुल लेडी तर थुतुने ठिक भएन।’ त्यसपछि उनी विवादित बनेका थिए।
आयोगले स्थापितको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएर स्पष्टीकरण सोधेको हो। उनको अभिव्यक्ति निर्वाचन आचारसंहिता अनुकूल नभएको भनी सचेत गराउँदै त्यस्तो अभिव्यक्ति किन दिइयो भनी बुझ्न स्पष्टीकरण सोधिएको बताइएको छ।











