Kathmandu Press

प्रहरी संगठनलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने कार्यमा लागौं : गृहसचिव 

काठमाडौं, वैशाख १९ : गृहसचिव टेकनारायण पाण्डेले नवनियुक्त प्रहरी महानिरीक्षकद्वयले अपराधविहीन र न्यायिक समाज निर्माणमा आ–आफ्नो संगठनलाई डाहो¥याउने विश्वास व्यक्त गरेका छन्। नवनियुक्त आइजिपीलाई दर्ज्यानी...
प्रहरी संगठनलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने कार्यमा लागौं : गृहसचिव 

काठमाडौं, वैशाख १९ : गृहसचिव टेकनारायण पाण्डेले नवनियुक्त प्रहरी महानिरीक्षकद्वयले अपराधविहीन र न्यायिक समाज निर्माणमा आ–आफ्नो संगठनलाई डाहो¥याउने विश्वास व्यक्त गरेका छन्। 

नवनियुक्त आइजिपीलाई दर्ज्यानी चिह्न प्रदान गर्न आयोजित समारोहमा बोल्दै गृहसचिव पाण्डले प्रहरी संगठनलाई अझै मजबुद र अन्तर्राष्ट्रिय स्तरको बनाउने कार्यमा नवनियुक्त आइजिपीहरुले भूमिका खेल्ने र त्यसमा गृहमन्त्रालले सहकार्य गर्ने बताए। ‘संगठनलाई अन्तर्राष्ट्रिय स्तरको कसरी बनाउने ? ‘सिंगापुर पुलिस भन्छौं, ब्रिटिस पुलिस भन्छौं, त्यसको भूमिका र हाम्रो प्रहरीको भूमिकाको तुलना गरौं। र त्यो ओझको हाम्रो पुलिसलाई कसरी स्थापित गर्ने, त्यो दिशामा हामी सहकार्य गर्छौं। त्यसका लागि यहाँहरुको भुमिकाको मन्त्रालयले अपेक्षा गर्छ,’ उनले भने। 

नेपालमा ७९ हजार नेपाल प्रहरी र ३७ हजार हाराहारीमा सशस्त्र प्रहरी जनशक्ति रहेकाले बदलिँदो समाजको आवश्यकता र मागलाई धान्न नसकिरहेको उल्लेख गर्दै गृहसचिव पाण्डेले प्रहरी न्यूनतम एक लाख र सशस्त्र प्रहरीको जनशक्ति ५० हजार पु¥याउनुपर्ने आवश्यकता रहेको बताए । उनले त्यसतर्फ दुवै महानिरीक्षकबाट ठोस उपलब्धिमूलक र देखिने काम हुने विश्वास व्यक्त गरे। 

दुवै संगठनका महानिरीक्षसमक्ष गृहसचिव पाण्डेले ‘विकासका लागि सुरक्षा र सुरक्षाका लागि विकास’ भन्ने मूल मन्त्रलाई एकीकृत रुपमा अगाडि बढाउन आवश्यक रहेको र त्यो दिसामा मन्त्रालय पनि संगै रहेको बताए। 
 
प्रहरी नियमावलीमै लेखिएअनुसार प्रहरीलाई सुयोग्य साधन कसरी बनाउने भन्ने विषयमा दुबै प्रहरी नेतृत्वको ध्यान जानुपर्ने उनको धारणा 
छ। ‘अपराध हुँदै नहोस्, भयो भने तुरुन्तै कन्ट्रोल होस्। कोही पनि अशान्ति र अवाञ्छित गतिविधिबाट प्रताडित हुन नपरोस्, त्यो दिसामा प्रहरी संगठनलाई मजबुद बनाउने अभिभारा नवनियुक्त प्रहरी महानिरीक्षकको काँधमा छ,’ उनले भने। 
 

प्रकाशित मिति: १४:१६ बजे, सोमबार, वैशाख १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्