Kathmandu Press

विराटनगर मेयर उम्मेदवार कोइरालाको प्रतिबद्धता- कर घटाउने, दायरा बढाउने

काठमाडाैं, वैशाख १९ : नेपाली कांग्रेसले विराटनगरका उद्योगी व्यवसायीसँग चुनावी रणनीति र तयारीबारे छलफल गरेको छ।कांग्रेसबाट विराटनगर महानगरपालिकाका प्रमुखका उम्मेदवार नागेश कोइरालाले चुनावी...
विराटनगर मेयर उम्मेदवार कोइरालाको प्रतिबद्धता- कर घटाउने, दायरा बढाउने

काठमाडाैं, वैशाख १९ : नेपाली कांग्रेसले विराटनगरका उद्योगी व्यवसायीसँग चुनावी रणनीति र तयारीबारे छलफल गरेको छ।

कांग्रेसबाट विराटनगर महानगरपालिकाका प्रमुखका उम्मेदवार नागेश कोइरालाले चुनावी अवस्था र विराटनगरको आर्थिक तथा औद्योगिक विकासका विषयमा केन्द्रित भई छलफल गरिएको बताए।

उनले करको दर घटाइ  दायरा फराकिलो बनाउने विषयमा सुझाव मागेका थिए। करको दायरा बढाउने र कर घटाउने विषयमा आफू प्रष्ट भएको भन्दै उनले भने, 'म भ्रष्टाचार गर्दिनँ। अरुलाई पनि गर्न दिन्नँ।'

कोइरालाले सडक निर्माण, शुद्ध पिउने पानीको व्यवस्था र विराटनगरको दीर्घकालीन सरसफाइ आफ्नो प्राथमिकताका कार्यक्रम रहेको उल्लेख गरे।

कर वृद्धिले मुलुकको अर्थतन्त्रमा पारेको समस्याबारे उद्योगी एवं व्यवसायीले आआफ्नो धारणा राखेका थिए। छलफल कार्यक्रममा कांग्रेस नेता डा शेखर कोइराला, विमलेन्द्र निधि र महेश आचार्य पनि सहभागी थिए।

प्रकाशित मिति: १३:२८ बजे, सोमबार, वैशाख १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्