Kathmandu Press

स्विट्जरल्यान्डका ग्लेसियर  पग्लनेक्रम यो बर्ष अहिलेसम्मकै उच्च

स्विट्जरल्यान्डको दश प्रतिशत ग्लेसियर बितेका पाँच वर्षमा पग्लिएको एक अध्ययनले देखाएको छ। हालै प्रकाशित एउटा अध्ययन प्रतिवेदनमा एक शताब्दीभन्दा लामो अध्ययनले यस्तो देखा....

स्विट्जरल्यान्डका ग्लेसियर  पग्लनेक्रम यो बर्ष अहिलेसम्मकै उच्च

स्विट्जरल्यान्डको दश प्रतिशत ग्लेसियर बितेका पाँच वर्षमा पग्लिएको एक अध्ययनले देखाएको छ। हालै प्रकाशित एउटा अध्ययन प्रतिवेदनमा एक शताब्दीभन्दा लामो अध्ययनले यस्तो देखाएको हो। 

स्विस एकेडेमी अफ साइन्सेसको क्रायोस्फेरिक कमिसनले प्रकाशन गरेको वार्षिक अध्ययन प्रतिवेदन अनुसार स्विट्जरल्यान्डका २०वटा ग्लेसियरको मापनले पग्लिने दर यो वर्ष हालसम्मकै उच्च रहेको देखिएको हो। 

Hardik ivf

जलवायु परिवर्तनलाई लिएर विश्वभरि चिन्ता बढ्र्दै गैरहेको बेला उच्च ग्लेसियर पग्लिएको देखिएको छ। प्रकाशित अध्ययनले स्विट्जरल्यान्डमा यो वर्ष आएको चर्को “हिटवेभ”ले ग्लेसियर पगालेको र यो वर्षको हिमपातपूर्ण जाडोले पनि भरथेग गर्न नसक्ने देखाएको छ।

ती ग्लेसियरमा अप्रिल र मे महिनामा साबिकको तुलनामा २० देखि ४० प्रतिशत धेरै हिउँ भएको कमिसनले उल्लेख गरेको छ। जुन महिनामा केहि स्थानमा ६ मिटरसम्म गहिरो हिउँ भएको पनि उल्लेख गरेको छ। तर जून र जुलाईको अन्त्यतिर गर्मी अत्यधिक बढेको थियो। 

“स्विस ग्लेसियरबाट पग्लिएको हिउँ र बरफको परिमाण देशको कुल वार्षिक खानेपानी खपत बराबर रह्यो,” कमिसनले वक्तव्यमा जनाएको छ। फलस्वरूपमा हिउँको बाक्लो सतह चाँडै पग्लिएको र सेप्टेम्बरको प्रारम्भसम्म पग्लिने क्रमले निरन्तरता पाएको पनि उल्लेख गरिएको छ।

“अर्थात् गएको १२ महिनामा स्विट्जरल्यान्डको कुल ग्लेसियर परिमाणको करिब दुई प्रतिशत हराएको छ,” कमिसनले भन्यो। साथै बितेको पाँच वर्षमा हिउँ पग्लिने दर १० प्रतिशतभन्दा धेरै रहेको छ।

यस्तो तिव्र रूपमा हिउँ पग्लिएको शताब्दीभन्दा लामो समयमा कहिले नदेखिएको कमिसनले जनाएको छ। २०औं शताब्दी सुरू भएदेखि स्विस एल्प्सबाट बिलाएका पाँच सयभन्दा धेरै ग्लेसियरमध्ये एक, पिजोल ग्लेसियर हराएको एक महिना नबित्दै यस्तो प्रतिवेदन सार्वजनिक भएको हो।

ज्युरिजस्थित इटिएच प्राविधिक विश्वविद्यालयका ग्लेसियोलोजिस्टले हालै गरेको एक अध्ययन अनुसार हरितगृह ग्याँस उत्सर्जन नियन्त्रण नगरिए एल्प्सभरि देखिएका करिब चार हजार ग्लेसियरको ९० प्रतिशतभन्दा धेरै यो शताब्दीको अन्त्यसम्म हराउनेछ।
 

प्रकाशित मिति: ०७:०६ बजे, आइतबार, कात्तिक ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्