काठमाडौँ महानगरमा चार वडा सदस्य निर्विरोध निर्वाचित

काठमाडौँ, वैशाख १९ : काठमाडौँ महानगरमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन्।
स्थानीय तह सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत बैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा वडा १८, २२, २३ र २७ गरी चार वडाबाट दलित महिला सदस्य पदमा १÷१ जनाको मात्र उम्मेदवारी परेकोले उनीहरु निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए।
यसरी निर्वाचित हुनु हुनेमा वडा १८ की अम्बिका सुनार, २२ की गीता परियार, २३ की कञ्चना नेपाली (हरिजन) र २७ की प्रभा परियार छन् । वडा १८, २२ र २७ मा नेकपा एमालेबाट मात्र उम्मेद्वारी परेको थियो भने वडा २३ वाट नेपाली कांग्रेसबाट मात्र उम्मेद्वारी परेको थियो।
प्रकाशित मिति: १०:४३ बजे, सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











