सगरमाथा आरोहण गर्दै विभिन्न देशका ३१६ आरोही
काठमाडौं, वैशाख १९ : यस वर्षको वसन्त याममा सगरमाथा हिमाल आरोहणका लागि ३९ आरोही समूहका ३१६ जनाले अनुमति लिएका छन्।संस्कृति, पर्यटन तथा नागरिक...
काठमाडौं, वैशाख १९ : यस वर्षकोवसन्त याममा सगरमाथा हिमाल आरोहणका लागि ३९ आरोही समूहका ३१६ जनाले अनुमति लिएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार सगरमाथासहित २५ हिमाल तथा चुली आरोहणका लागि १११ आरोही समूहका १९५ महिला र ७०४ पुरुषसहित कूल ८९९ आरोहीले अनुमति पाएका छन्।
मार्च अन्तिमसम्मको एक्सिपीडिसन पर्मिटमा सबैभन्दा धेरै सगरमाथा आरोहण गर्न ३८ आरोही समूहका ३०२ आरोहीले अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जनाएको छ।
त्यस्तै, अमादब्लम आरोहणका लागि नौ समूहका ९७ जनाले अनुमति पाएका छन्। कञ्चनजङ्घा आरोहणका लागि सात समूहले अनुमति लिएको छ।
अन्नपूर्ण चार र नुप्से आरोहणका लागि सात समूहले अनुमति पाएको छ। मकालुमा चार, धौलागिरिका लागि दुई र ल्होत्सेका लागि एक आरोही समूहले अनुमति लिएका छन्।
त्यसैगरी नुप्से आरोहणका लागि सात, हिमलुङ्ग चुली र थापा पिकका लागि चार/चार समूहले आरोहण अनुमति लिएर गन्तव्यतर्फ प्रस्थान गरेका छन्। ती हिमाल तथा पिक आरोहणबाट हालसम्म ४६ करोड ७५ लाख रोयल्टी जम्मा भएको विभागले जनाएको छ। (रासस)











