Kathmandu Press

भारतबाट फेरि बढेर आयो इन्धनको मूल्य, निगमलाई १५ दिनमा ५ अर्ब १९ करोड घाटा 

आज (आइतबार) मा आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४.८४ रुपैयाँले बढेर १८३ रुपैयाँ २ पैसा पुगेको हो । यस्तै, डिजेको मूल्य प्रतिलिटर १० रुपैयाँ ०८ पैसाले बढेर १८३ रुपैयाँ १३ पैसा पुगेको नेपाल आयत निगमले जनाएको छ ।
भारतबाट फेरि बढेर आयो इन्धनको मूल्य, निगमलाई १५ दिनमा ५ अर्ब १९ करोड घाटा 
nepal oil

काठमाडौं, वैशाख १८ : भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएर नयाँ मूल्य सूची पठाएको छ।

आज (आइतबार) मा आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४.८४ रुपैयाँले बढेर १८३ रुपैयाँ २ पैसा पुगेको हो । यस्तै, डिजेको मूल्य प्रतिलिटर १० रुपैयाँ ०८ पैसाले बढेर १८३ रुपैयाँ १३ पैसा पुगेको नेपाल आयत निगमले जनाएको छ ।

यस्तै, मट्टीतेलको खरिद लागत बढेर १३६ रुपैयाँ ३३ पैसाबाट १४० रुपैयाँ १९ पैसा पुगेको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १३९ रुपैयाँ २४ पैसाबाट बढेर १४३ रुपैयाँ ३६ पैसा र बाह्यतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ११९ रुपैयाँ ६४ पैसाबाट बढेर १२३ रुपैयाँ ७८ पैसा पुगेको छ ।

यस्तै, खाना पाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ९८ रुपैयाँ ७३ पैसाले बढेर आएको नेपाल आयले निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूची अनुसार वर्तमान बिक्री मूल्यमा निगमलाई पेट्रोलमा प्रतिलिटर २३ रुपैयाँ २ पैसा, डिजेलमा ४० रुपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिन्डर एक हजार ५० रुपैयाँ १८ पैसा घाटा रहेको निगमले जनाएको छ।

यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १२ रुपैयाँ ६४ पैसा र बाह्यतर्फ ६४ रुपैयाँ ६९ पैसा तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ ८१ पैसा नाफा रहेको निगमले जनाएको छ । भारतीय आयत कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार वर्तमान मूल्य र बिक्री परिमाणको आधारमा निगमको १५ दिनको घाटा १ अर्ब १९ करोड हुने निगमको भनाइ छ । 

प्रकाशित मिति: २०:५१ बजे, आइतबार, वैशाख १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्