सशस्त्र प्रहरीको आईजीपीमा राजु अर्याल नियुक्त

काठमाडौं, वैशाख १८ : सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) मा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजु अर्याल नियुक्त भएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई महानिरीक्षकमा बढुवा गर्ने बिषयमा प्राविधिक कारणले निर्णय नभएपनि सबै प्रकिया पुर्याएर नियुक्ति गरिएको गृह श्रोतले जनाएको छ ।
२०७९ वैशाख १४ मा सरकारले अर्याललाई सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको थियो । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी आइतबार मध्यरातबाट अवकाशमा जाने भएपछि सरकारले नयाँ नियुक्त गरेको हो ।
अर्यालले १८ चैत २०५४ मा नेपाल प्रहरीको निरीक्षकका रुपमा सेवा थालेका थिए ।
प्रकाशित मिति: २०:१५ बजे, आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











