पोखराका निर्वाचन अधिकृतलाई धम्की दिएको आरोपमा खड्का पक्राउ
काठमाडौं, वैशाख १८ : चुनाव चिह्न प्रदान गर्ने विषयमा नाराबाजी गरेको आरोपमा पोखरामा अटेरी अभियान चलाइरहेका वैकल्पिक युवा संगठनका महासचिव अशोक खड्कालाई कास्की...
काठमाडौं, वैशाख १८ : चुनाव चिह्न प्रदान गर्ने विषयमा नाराबाजी गरेको आरोपमा पोखरामा अटेरी अभियान चलाइरहेका वैकल्पिक युवा संगठनका महासचिव अशोक खड्कालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको उजुरीका आधारमा खड्कालाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको उजुरीमा खड्कालाई निर्वाचन कसुर तथा सजाय ऐन २०७३ अनुसार कारबाही गर्न माग गरेको छ।
निर्वाचनमा प्रभाव पार्ने कसुर तथा सजाय परिच्छेदअन्तर्गत उक्त दफामा निर्वाचन अधिकृत वा कर्मचारीलाई प्रभाव पार्ने गरी धाक, धम्की र त्रास दिन नहुने उल्लेख छ। ऐन अनुसार कसुर प्रमाणित भए खड्कालाई १ लाख रुपैयाँ जरिवाना वा १ वर्षसम्म कैद वा दुबै सजाय हुन सक्ने कानुनमा उल्लेख छ।
खड्काले निर्वाचन अधिकृतलाई धाक, धम्की र त्रास देखाउने गरी शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि प्रदर्शन गरेको र भिडिओ बनाएर फेसबुकमा राखेको समेत उजुरीमा उल्लेख छ। अटेरी अभियानमार्फत स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारले शनिबार पाएको लौरो चुनाव चिन्ह खोसिएको भन्दै विरोधमा खड्का सहभागी थिए।
अटेरी अभियानका उम्मेदवारसहित खड्काले लौरो चुनाव चिन्ह खोसिएको विरोधमा आक्रोश पोखेका थिए।











