Kathmandu Press

सत्तारुढ कांग्रेसका ३० हजार ६२८ उम्मेदवार चुनावी मैदानमा

काठमाडौं, वैशाख १८ : स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट ३० हजार ६ सय २८ जना आधिकारिक उम्मेदवार रहेको कांग्रेसले जनाएको छ ।आज (आइतबार)...
सत्तारुढ कांग्रेसका ३० हजार ६२८ उम्मेदवार चुनावी मैदानमा

काठमाडौं, वैशाख १८ : स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट ३० हजार ६ सय २८ जना आधिकारिक उम्मेदवार रहेको कांग्रेसले जनाएको छ ।

आज (आइतबार) पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् । देशभरका ७५३ स्थानीय तहका ३५ हजार २ सय २१ पदका लागि वैशाख ३० गते निर्वाचन हुँदै छ ।

त्यसमा कांग्रेसका तर्फबाट देशरभका ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २ सय ७६ नगरपालिका गरी २ सय ९३ जना नगरपालिकाका मेयरमध्ये २ सय ६५ जना उम्मेदवार रहेको कांग्रेसले जनाएको छ । यस्तै २ सय ९३ उपमेयर पदमध्ये एक सय ९४ जना उपमेयर उम्मेदवारी परेको छ ।

यस्तै ४६० गाउँपालिका अध्यक्ष पदमध्ये ३ सय ७२ मा कांग्रेसको उम्मेदवारी पर्दा ३ सय ४० गाउँपालिका उपाध्यक्ष पदमा उम्मेदवारी कायम रहेको छ । यसैगरी देशभरका ६ हजार ७ सय ४३ वडाध्यक्ष पदमध्ये ६ हजार ४३ मा, ६ हजार ७ सय ४३ कै संख्यामा हुने क्रमशः महिला वडा सदस्य पदमा ५ हजार ९ सय ३८, दलित महिला वडा सदस्यमा ५ हजार ६ सय ९१ जना उम्मेदवारी कायम भएको छ ।

गठबन्धनमा तालमेल मिलाउने क्रममा पार्टीका ६२३ उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको पनि कांग्रेसले जनाएको हो । 

प्रकाशित मिति: १९:११ बजे, आइतबार, वैशाख १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्