Kathmandu Press

कर्णालीका सबै जिल्लामा पुग्यो निर्वाचन सामग्री

काठमाडाैं, वैशाख १८ :  कर्णालीका १० वटै जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री ढुवानी गरिएको छ। यहाँका हुम्ला, डोल्पा र मुगुमा नेपाली सेनाको हेलिकोप्टर तथा...
कर्णालीका सबै जिल्लामा पुग्यो निर्वाचन सामग्री

काठमाडाैं, वैशाख १८ :  कर्णालीका १० वटै जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री ढुवानी गरिएको छ। यहाँका हुम्ला, डोल्पा र मुगुमा नेपाली सेनाको हेलिकोप्टर तथा बाँकी जिल्लामा गाडीमार्फत पठाइएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ। 

निर्वाचन आयोगले कर्णालीमा करिब ११ लाख मतपत्र पठाएको छ। प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी निर्मला देवकोटाले मतपत्र लगायतका सामग्री जिल्ला निर्वाचन कार्यालयमा पठाइएको र सम्बन्धित स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको जानकारी दिनुभयो। जिल्ला निर्वाचन कार्यालयले नै स्थानीय तहसम्म सामग्री ढुवानीको व्यवस्थापन मिलाउनुपर्नेछ। 

प्रदेश निर्वाचन कार्यालयका अनुसार मतपत्रका साथै ५८ वटा निर्वाचन सामग्री पठाइएको छ। पन्ध्र वटा जिल्लालाई खरिद गर्ने जिम्मेवारी दिएको र बाँकी आयोगले नै पठाएको हो। ती सामग्रीमा स्वस्तिक छाप, मसी, मतपेटिका, मतदाता नामावली, टेप, थैली, लाहाछाप, प्राथमिक उपचार किट, कोभिड १९ सँग सम्बन्धित स्वास्थ्य सामग्रीलगायत छन्। कर्णाली प्रदेशमा १० लाख एक हजार २८२ मतदाता छन्।

प्रकाशित मिति: १७:४२ बजे, आइतबार, वैशाख १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्