Kathmandu Press

श्रमिकलाई गरिखाने सुनौलो अवसर निर्माण गर्नु सबैको साझा दायित्व : प्रदेश प्रमुख शर्मा

काठमाडाैं, वैशाख १८ : बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले श्रमिक वर्गको हकहितको निर्माण पूरा गरी उनीहरुका लागि गरिखाने सुनौलो अवसर निर्माण गर्नु सबैको साझा...
श्रमिकलाई गरिखाने सुनौलो अवसर निर्माण गर्नु सबैको साझा दायित्व : प्रदेश प्रमुख शर्मा

काठमाडाैं, वैशाख १८ : बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले श्रमिक वर्गको हकहितको निर्माण पूरा गरी उनीहरुका लागि गरिखाने सुनौलो अवसर निर्माण गर्नु सबैको साझा दायित्व भएको बताएका छन्।
 
एकसय तेत्तीसौँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले श्रमिकलाई दक्ष बनाउँदै उनीहरुलाई गरिखाने अवसर निर्माण गर्नका लागि सबैले जोड दिनुपर्ने बताउनुभएको हो। 'संसारको नवनिर्माण गर्ने श्रमिक जनता हुन् र तिनै श्रमिकको हकहित स्थापित भएको दिन प्रत्येक वर्ष मे १ मा मनाइने अन्तर्राष्ट्रिय श्रमिक दिवसका सन्दर्भमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु,' सन्देशमा उनले भनेका छन्। 
 
मे दिवस श्रम क्षेत्रमा युगान्तकारी परिर्वतन ल्याएको उल्लेख गर्दै सन्देशमा उहाँले विश्वभर सञ्चालन भएका सम्पूर्ण न्यायपूर्ण आन्दोलन, विद्रोह र परिवर्तनमा श्रमिक वर्गको अतुलनीय भूमिका रहेको बताएका छन्।

प्रकाशित मिति: १७:१० बजे, आइतबार, वैशाख १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्