Kathmandu Press

जिम्बाबे एसँग नेपाल ६ विकेटले पराजित

टी-२० सिरिजअन्तर्गत आइतनबार भएको पहिलो खेलमा नेपाल टियु मैदानमा ६ विकेटले पराजित भएको हाे। 
जिम्बाबे एसँग नेपाल ६ विकेटले पराजित

काठमाडाैं, वैशाख १८ : नेपाली राष्ट्रिय क्रिकेट टिम टेस्ट राष्ट्र जिम्बाबेको ए टिमसँग  पराजित भएको छ। टी-२० सिरिजअन्तर्गत आइतनबार भएको पहिलो खेलमा नेपाल टियु मैदानमा ६ विकेटले पराजित भएको हाे। 

टियू मैदानमा नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बाबेले ७ बल बाँकी छँदा ४ विकेट गुमाउँदै भेट्टायो । उसका लागि टाडिवान्स्हे मारुमानीले सर्वाधिक ५६ रन बनाए । उनले ४१ लबमा समान ३ चौका र ३ छक्का प्रहार गरे।

यस्तै, कप्तान टोनी मुन्योङ्गाले विस्फोटक ब्याटिङ गर्दै २३ बलमा ७ छक्का प्रहार गर्दै ५० रन बनाए। यस्तै, इनोसेन्ट काइले ३० बलमा ९ चौका प्रहार गर्दै ४७ रन बनाए।

बलिङमा डेब्यू खेलाडी बासिर अहमदले सर्वाधिक २ विकेट लिए। युवा स्पिनर अहमदले ३।५ ओभरमा २२ रन खर्चिए। यस्तै, कप्तान सन्दीप लामिछाने र करण केसीले पनि समान १ विकेट लिए। 

युवा ब्याट्सम्यान अदिल अन्सारीले विस्फोटक ब्याटिङ गरेपछि नोपलले टेस्ट राष्ट्र जिम्बाबे एलाई १८२ रनको लक्ष्य दिएको थियो । कीर्तिपुरस्थित टियू पहिला ब्याटिङ गरेको नेपालले निर्धातिर ओभरमा १५ विकेट गुमाउँदै १८१ रन बनायो। 

नेपालका लागि अदिल आलमले २७ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४७ रन बनाए। ओपनर कुशल भुर्तेलले ३१ बलमा ८ चौका मद्दतमा ४६ रन बनाए। 

यस्तै रोहितकुमार पौडेलले २६ बलमा ३६ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले १३ बलमा २८ रन जोडे। जिम्बावेका ब्राड इभानेस, लुक जोङ्गले, ब्रान्डन माभुता र जोन मासाराले समान १ विकेट लिए। 

विश्वकप लिग–२ अन्तर्गतको ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजको तयारीका लागि नेपालले जिम्बाबे एसँग समान तीन खेलको एकदिवसीय र टि–२० सिरिज खेलिरहेको छ।

प्रकाशित मिति: १६:४९ बजे, आइतबार, वैशाख १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्